कैलालीमा बस र जीप एकआपसमा ठोक्किदा २६ जना घाइते « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कैलालीमा बस र जीप एकआपसमा ठोक्किदा २६ जना घाइते


२९ मंसिर २०७८, बुधबार


धनगढी । कैलालीमा बस र जीप एकआपसमा ठोक्किदा कम्तीमा २६ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–३ को गोराङ्गेमा काठमाण्डौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको से १ च १५९३ नम्बरको जीप एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर जीपमा सवार चालकसहितका ३ जना र बसमा सवार २३ जना गरेर २६जना घाइते भएका छन् ।

बसमा ३८ जना र जीपमा तीन जना गरेर ४१ जना सवार रहेका थिए। अन्य यात्रुहरु सकुशल छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस