काँग्रेस सभापतिका दुवै प्रत्याशी मतदातासँग मत माग्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेस सभापतिका दुवै प्रत्याशी मतदातासँग मत माग्दै


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले मतदातासँग मत मागी रहेका छन् ।

राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका हुन् ।

हिजो (सोमबार) भएको निर्वाचनमा सभापति पदमा प्रत्याशी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनः निर्वाचन भएको हो । मतदानका लागि साँझ ७ः३० बजेसम्मको तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस