काँग्रेस सभापति पदको लागि दोस्रो चरणको मतदान सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काँग्रेस सभापति पदको लागि दोस्रो चरणको मतदान सुरु


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको लागि दोस्रो चरणको मतदान सुरु भएको छ।

आज (मंगलबार) दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान बेलुका साढे सात बजेसम्म चल्नेछ । मतदानका लागि काँग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइन बसेका छन्।

राष्ट्रिय सभागृह बाहिर प्रदर्शनीमार्गमा काँग्रेस नेता कार्यकर्ताको ठुलो भीड लागेको छ। प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र कार्ड हेरेर राष्ट्रिय सभागृहमा प्रवेश दिएको छ।

पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि पुन: मतदान हुन लागेको हो। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबिच प्रतिस्पर्धा हुनेछ।

सभापतिका दुवै उम्मेदवारहरू मतदान स्थलमा आइसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस