पौडेलविरुद्ध पार्टीका नेता कार्यकर्ताले गरे चियापानमै नाराबाजी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पौडेलविरुद्ध पार्टीका नेता कार्यकर्ताले गरे चियापानमै नाराबाजी


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टी नेता कार्यकर्ताले नाराबाजी गरेका छन् ।

पौडेलले महाधिवेशन प्रतिनिधिको सम्मानमा मंगलबार लैनचौरस्थित ब्यांक्वेटमा गरेको चियापानमा उनीविरुद्ध नाराबाजी गरेको हो ।

पौडेलले सभापतिका प्रत्यासी डा। शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरेका थिए । कार्यकर्ता आक्रोशित भएपछि सुरक्षाकर्मीले पौडेललाई जोगाएर सुरक्षित ठाउँमा लगेका छन् ।

यदि पौडेलले कोइरालाको पक्षमा मत हाल्न अपिल गरेको भए उनको मत बढी आउने र दोस्रो चरणमा देउवालाई सहजै पराजित गर्ने शेखर पक्षका महाधिवेशन प्रतिनिधिको दाबी छ ।

पौडेलले आयोजना गरेको चियापानमा प्रधानमन्त्री देउवा पनि पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस