सकियो मत गणना, सभापति चयनका लागि पुनः मतदान हुने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सकियो मत गणना, सभापति चयनका लागि पुनः मतदान हुने


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ ।

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् ।

सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई ८२ मत पुगेन ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस