दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण


२७ मंसिर २०७८, सोमबार


जोहानेस्बर्ग । दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ । उनले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहेका छन् ।

सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सिरिल रामा फोसाले उपचार गराइरहेको आइतबार राति सो कार्यालयले जनाएको छ ।

उनले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएका थिए । यसकारण उनलाई धेरै समस्या नभएको बुझिएको छ । तर पनि उनी सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा रहेको बताइएको छ ।

हालैमात्र कोरोनाको घातक भनिएको ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नै पत्ता लागेको थियो । यो भाइरस संसारका धेरै देशमा पुगेको छ ।

तर उनलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन । ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस