बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा


२६ मंसिर २०७८, आइतबार


वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।

उनले टोरनाडोले ठुलो जनधनको क्षति भएपछि उक्त आपत्कालीन आदेश जारी गरेका हुन् ।

राष्ट्रपतिको उक्त आदेशले स्थानीय जनसङ्ख्यामा आपतकालीन अवस्थाबाट उत्पन्न कठिनाइ र पीडालाई कम गर्ने उद्देश्यका साथ सबै विपद् राहत प्रयासहरू समन्वय गर्न गृह, सुरक्षा विभाग, सङ्घीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) लाई अधिकार प्रत्यायोजन गरेको छ ।

शुक्रबार दक्षिण पश्चिमी केन्टकीमा आएको आँधीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको छ भने ठुलो भौतिक क्षति पनि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस