प्रकाशमान सिंह प्यानलबाट सुजाताले गरिन् उपसभापतिका लागि उम्मेदवारी दर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रकाशमान सिंह प्यानलबाट सुजाताले गरिन् उपसभापतिका लागि उम्मेदवारी दर्ता


२५ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी छन् । नेत्री कोइरालाले केही बेरअघि उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।

काँग्रेसको १४ औं महाधिवेशनमा नेत्री कोइरालाले प्रकाशमान सिंह प्यानलबाट आफ्नो उम्मेदवारी दर्ताए गराएकी हुन् । कोइरालाले उम्मेदवारी दर्ता गर्नुअघि सिंहले पनि सभापतिको पदका लागि उम्मेदवारी दर्ता गरेका थिए । उनीहरु बाजागाजासहित उम्मेदवारी दर्ता गर्न महाधिवेशनस्थलमा पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस