नेता पौडेललाई सर्वसम्मत सभापति बनाउन निधिको प्रस्ताव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेता पौडेललाई सर्वसम्मत सभापति बनाउन निधिको प्रस्ताव


२४ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीको सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन् ।

पार्टीको महाधिवेशन सुरु हुने दिन निधिले यस्तो प्रस्ताव राख्दै काँग्रेस सभापतिको प्रतिस्पर्धालाई नयाँ मोड दिएका हुन् ।

चितवन-काठमाडौँ प्रजातान्त्रिक संगमले आज (शुक्रबार) जावालखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले पौडेललाई न्याय पनि हुने र पार्टीमा पनि एकताका सन्देश जाने भन्दै सर्वसम्मतिको प्रस्ताव राखेका हुन् । निधि आफैँ पनि सभापतिका उम्मेदवार हुन् ।

निधिले भने, ‘पार्टीभित्र एकताको सन्देश दिन जरुरी छ । यदि पोडेललाई सर्वसम्मत सभापति बनाउने हो भने म स्वीकार गर्छु । सर्वसम्मत नभएको अवस्थामा सभापतिमा मेरो दाबी यथावत् रहन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस