हैसियतभन्दा बढीको सम्पत्ति जोडेको भन्दै अर्थका अधिकृत विरुद्ध भ्रष्टाचारको मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हैसियतभन्दा बढीको सम्पत्ति जोडेको भन्दै अर्थका अधिकृत विरुद्ध भ्रष्टाचारको मुद्दा


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । जागिरे जीवनको अवधिमा हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएपछि उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

आयोगले बिहीबार अवकाशप्राप्त शाखा अधिकृत थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार सात सय रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सोही रकम बराबरको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

थपलिया अर्थ मन्त्रालय मातहतका विभिन्न निकायमा रहँदा २ करोड ६७ लाख ७१ हजार ९ सय अन्ठाउन्न रुपैयाँ आर्जन तथा लगानी गरेको देखिएको र उक्त रकममध्ये १ करोड ६४ लाख ८९ हजार सात सय रुपैयाँको स्रोत नखुलेको

थपलियाले उक्त सम्पत्ति गैरकानुनी ढङ्गले आर्जन गरेको पुष्टि हुन आएको भन्दै सार्वजनिक पद धारण गरेका उद्धवप्रसाद थपलियाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको अख्तियारले जनाएको छ ।

सोही दफाअनुसार थपलियालाई १ करोड ६४ लाख ८९ हजार सात सय रुपैयाँ बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम सजाय मागदावी गरिएको छ । साथै स्रोत नखुलेको सम्पत्ति जफत गर्नसमेत अख्तियारले माग गरेको छ ।

त्यस्तै थपलियाले गैरकानुनी ढङ्गले आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्त थपलियाको नाममा समेत राखेको पाइएको र घरजग्गासमेत श्रीमतीको नाममा राखेको कारण जफत गर्ने प्रयोजनका लागि मुना पन्त थपलियालाई समेत प्रतिवादी बनाइएको छ ।

सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम सजाय मागदावी गरिएको छ । साथै स्रोत नखुलेको सम्पत्ति जफत गर्नसमेत अख्तियारले माग गरेको छ ।

अख्तियारको आरोप पत्रमा उल्लेख छ । थपलियाले २०४० फागुन ६ देखि अवकाश भएको मिति २०७५ चैत्र ३० सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति १ करोड २ लाख ८२ हजार २ सय अन्ठाउन्न रुपैयाँ मात्रै रहेको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस