नवलपरासीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवलपरासीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु


२३ मंसिर २०७८, बिहिबार


नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोतीमा गैँडाको आक्रमणबाट कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ ।

आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासि आक्रमण गरेको थियो ।

मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

जिल्लामा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्कने गैँडाको आक्रमणबाट बर्सेनि स्थानीयवासीले ज्यान गुमाउने गरेका छन् ।

पछिल्लो राष्ट्रिय गैँडा गणना २०७७ अनुसार नेपालमा ७५२ गैँडा छन् भने चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा भेटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस