काँग्रेस केन्द्रीय सदस्यहरूको बैठक जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस केन्द्रीय सदस्यहरूको बैठक जारी


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । सभापतिको उम्मेदवार चयनको विषयमा छलफल गर्न नेपाली काँग्रेसको संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरु छलफलमा जुटेका छन् ।

संस्थापनइतर केन्द्रीय सदस्यहरुको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ ।

संस्थापनइतर पक्षले उम्मेदवार चयनको विषयमा केही दिनयता लगातार छलफल गर्दै आए पनि साझा उम्मेदवार छनोट गर्न सकेको छैन । सभापति पदमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइरालाले दाबी छाडेका छैनन् ।

केन्द्रीय सदस्यहरुको आजको बैठकले उम्मेदवारको विकल्प सुझाउने नेताहरुले बताएका छन् । काँग्रेसको १४ औं महाधिवेशन २४ मंसिरदेखि सुरु हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस