खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध यौन दुर्व्यवहारको उजुरी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध यौन दुर्व्यवहारको उजुरी


२३ मंसिर २०७८, बिहिबार


नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

कैलालीको टीकापुर वनभोजमा गएका बेला प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुर्व्यवहार गरेको सोही गाउँपालिकाकै एक महिला कर्मचारीले आरोप लगाएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले खराल र सुनारमाथि यौन दुर्व्यवहारको उजुरी परेको पुष्टि गरे ।

यौन दुर्व्यवहारको आरोप लागेका कर्मचारीमध्ये खराललाई बाँकेको इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ भने अर्का कर्मचारी सुनार जिल्ला बाहिर रहेको जनाइएको छ । घटनाको वास्तविक कुरा अनुसन्धानबाट थाहा हुने र सोहीबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस