अमेरिकी र रुसी राष्ट्रपतिबीच भिडियोमार्फत वार्ता  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकी र रुसी राष्ट्रपतिबीच भिडियोमार्फत वार्ता 


२२ मंसिर २०७८, बुधबार


वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियोमार्फत वार्ता भएको छ । सो वार्ताका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धका विविध आयामहरुका बारेमा कुराकानी भएको बताइएको छ ।

उनीहरुका बीचमा हिजो (मंगलबार) भिडियो वार्ता भएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । प्राप्त समाचारअनुसार उनीहरुबीच दुई देशका आपसी सम्बन्धका साथै युक्रेन र अरु विविध क्षेत्रीय समस्याका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा रुसी संलग्नताका विषयमा कुराकानी भएको र यस विषयमा अमेरिकाको चासो रहेको बताएका थिए ।

भिडिओ वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेको एक समाचारमा जनाइएको छ ।

उता रुसले पछिल्लो समय युक्रेनसँगको सीमानजिकमा सैन्य उपस्थिति बढाएको छ । यस विषयमा अमेरिकाले चासो राख्दै आएको छ ।

यस छलफलका क्रममा भने रुसी राष्ट्रपति पुटिनले भने युक्रेनलाई आक्रमण नगर्ने जानकारी दिएको बताइएको छ । सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका युक्रेनको अखण्डता र उसको स्वतन्ताप्रति प्रतिबद्ध रहेको बताएका थिए । 

त्यसैगरी सो वार्ताका क्रममा इरानको पारमाणविक सम्झौताका विषयमा पनि कुराकानी भएको पनि सो समाचारमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस