एकताका लागि त्याग गर्न तयार छु : नेता पौडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एकताका लागि त्याग गर्न तयार छु : नेता पौडेल


२१ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताका लागि त्याग गर्न तयार रहेको बताएका छन् ।

नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा जारी आफू पक्षीय नेताहरुको छलफलमा पौडेलले साझा उम्मेदवार बनाउनका लागि त्याग गर्ने बताएका हुन् ।

तपाईंहरु मिल्न तयार भए । म छोड्न तयार छु । हैन भने मलाई नै सघाउनुस्, नेता पौडेलले बैठकमा भनेको उद्धृत गर्दै केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, सबै नेताहरु त्यागको भावनाबाट ओतप्रोत हुनुहुन्छ । एकता हुन्छ । साझा उम्मेदवार तय नगरे उपाय छैन । माथि मिलेपछि पदाधिकारीको त हामी दुई घन्टामै सम्पन्न गर्छौँ । हामी एउटा उम्मेदवार बनाउँछौँ ।

नेता सिंहले पनि साझा उम्मेदवारबारे छलफल भइरहेको तर निष्कर्षमा पुग्न बाँकी रहेको बताए । नेताहरुलाई सहमतिमा पुग्न दबाब स्वरुप युवाहरुले बैठक स्थलबाहिर प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले साझा उम्मेदवारको विकल्प छैन, एकता मात्रै जितको आधार हो, नेताहरु मिल्नुस् काँग्रेस जोगाउनुस् जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस