इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु


२१ मंसिर २०७८, मंगलबार


जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १७ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ ।

प्रभावित क्षेत्रबाट करिब ३ हजार ७०० व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ । ज्वालामुखी भग्नावशेष, भत्किएका भवनहरु र ध्वस्त भएका सवारीसाधनहरुमा बाँचेका र शवहरू खोज्दै, उद्धारकर्ताहरू खतरनाक परिस्थितिसँग लडिरहेका छन् । खोजी टोलीले मङ्गलबार अपरेसनमा सहयोग गर्न कुकुरहरू तैनाथ गरेका थिए ।

यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि १७ जना व्यक्ति हराइरहेको जानकारी दिए ।

उनले हराएका ती व्यक्तिहरुको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने बताएका छन् । जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सुमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।

सम्बन्धित समाचार : इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु ९८ जना घाइते

सम्बन्धित समाचार : इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १४ को मृत्यु, ९ जना बेपत्ता

Tags :
प्रतिक्रिया दिनुहोस