इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १४ को मृत्यु, ९ जना बेपत्ता « प्रशासन
Logo ३ माघ २०७८, सोमबार
   

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १४ को मृत्यु, ९ जना बेपत्ता


२० मंसिर २०७८, सोमबार


जकार्ता । इन्डोनेसियाको जकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या १४ पुगेको छ ।

ज्वालामुखी विस्फोटमा परेर अरु नौ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । हिजो राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) दिएको समाचारअनुसार १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका थिए ।

गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् ।

ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ । यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि नौ जना व्यक्ति हराइरहेको जानकारी दिए ।

उनका अनुसार हराएका ती व्यक्तिहरुको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने जनाए । जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सुमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।

सम्बन्धित समाचार : इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु ९८ जना घाइते

Tags :
प्रतिक्रिया दिनुहोस