नेपालमा पनि भेटियो ओमिक्रोन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालमा पनि भेटियो ओमिक्रोन


२० मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको बताएका हुन् ।

एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो ।

उनीहरु दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस