प्रदेश २ मा काँग्रेसको अधिवेशन स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश २ मा काँग्रेसको अधिवेशन स्थगित


२० मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन स्थगित भएको छ।

प्रदेशका विभिन्न वडा, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रमा पार्टीको आन्तरिक विवादले अधिवेशन हुन नसकेपछि उद्घाटन सत्र सकेर प्रदेश अधिवेशन स्थगित गरिएको हो ।

सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनका बाँकी कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बताइएको छ ।

सर्लाहीमा प्रदेशका आठ वटै निर्वाचन क्षेत्र र जनकपुरमा विवाहपञ्चमी महोत्सव चलिरहेकाले प्रदेश अधिवेशन स्थगित गरिएको बताइएको छ ।

सर्लाहीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता अमरेश सिंह र सभापति शेरबहादुर देउवा पक्षका वीरेन्द्र सिंहबीचको टसलले केही वडामा समेत अधिवेशन सम्पन्न हुन सकेको छैन। बाँकी रहेको वडामा आज अधिवेशन जारी रहेको बताइएको छ।

त्यसैगरी महोत्तरी, बारा र सप्तरीको १–१ वटा प्रदेश सभा निर्वाचन क्षेत्रको समेत अधिवेशन हुन सकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस