यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्वारा हवाई आक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्वारा हवाई आक्रमण


१९ मंसिर २०७८, आइतबार


साना । साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला गरेको छ ।

राजधानी सानामा यहाँका हुथी विद्रोहीहरुले कब्जामा लिएका केही स्थान फिर्ता गर्न सो हमला भएको हो ।

सो हवाई हमलाबाट यमनी राजधानी सानामा हुथीहरुले सञ्चालन गर्दै आएका तीन ओटा क्याम्प नियन्त्रणमा लिइएको छ । ती क्याम्पमा रहेका केही खाद्य भण्डारण पनि सो सेनाले ध्वस्त पारिदिएको बताएको छ ।

अल अनाबमा रहेका ती खाद्य भण्डारणहरु सेनाले कब्जामा लिएको छ । यहाँका हुथी विद्रोहीहरुले उक्त क्षेत्रमा क्याम्प सञ्चालन गरेका छन् भने उनीहरुले केही स्थान आफ्नो कब्जामा पनि लिएका छन् ।

शुक्रबार मात्र पनि यमनको उत्तर पश्चिमी प्रान्त सादामा सो सेनाले कारबाही गरेको थियो । कारबाहीका क्रममा केही हुथी विद्रोहीहरु मारिएका बताइएको थियो ।

साउदी नेतृत्वको सेनाले सो सादा क्षेत्रमा विगतदेखि नै कारबाही गर्दै आएको छ । उता केही दिन यतादेखि यमनको मारिब सहरमा पनि सायदी सेनाले लगातार हवाई आक्रमण पनि गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस