काठमाडौँ उपत्यकामा १५८ जना सङ्क्रमित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ उपत्यकामा १५८ जना सङ्क्रमित


१८ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेपालमा थप २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ७९७ जनाको कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन्। ५ हजार २९५ जनाको पिसिआर परीक्षण र १५०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यसमध्ये काठमाडौँ उपत्यकामा १५८ सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९७, ललितपुरमा ५१ र भक्तपुरमा १० सङ्क्रमित छन्।

यस्तै, काठमाडौँ उपत्यकामा १७२६ सक्रिय सङ्क्रमित छन्। काठमाडौँमा ६२९, भक्तपुरमा ४८६ र ललितपुरमा ६११ सक्रिय सङ्क्रमित छन्।

नेपालमा हाल ६ हजार ७४४ जना सक्रिय सङ्क्रमित छन्। ३९२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस