भारतको हरियाणामा कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भारतको हरियाणामा कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु


१७ मंसिर २०७८, शुक्रबार


नयाँ दिल्ली । उत्तरी भारतको हरियाणा राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

भारतको राजधानी दिल्लीको बाहिरी भागमा रहेको गुरुग्राम जिल्लाको साधराना गाउँ नजिकै उक्त दुर्घटना भएको हो ।

सेक्टर ८४ स्थित जेनेसिस अस्पतालका ६ जना कर्मचारी अस्पताल फर्किँदै गर्दा स्थानीय समय अनुसार बिहान १ बजे दुर्घटना भएको हो ।

हरसरु–साधराना सडकमा तीव्र गतिमा गुडिरहेको कार अनियन्त्रित भई इँटामा ठोक्किएर सडक छेउमा पल्टिएको स्थानीय अखबार द ट्रिब्यूनले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ । घाइते कर्मचारीलाई अस्पताल भर्ना गरिएको छ ।

अखबारकारअनुसार पीडितहरू आफ्ना सहकर्मीको विवाह समारोहमा भाग लिएर अस्पताल जाँदै थिए। मृतकहरु विभिन्न राज्यका रहेको पत्रिकाले जनाएको छ ।

हामीले शवलाई शव गृहमा राखेका छौँ र परिवारलाई जानकारी गराएका छौँ। हामी यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ, प्रहरी अधिकारी राकेश कुमारलाई उद्धृत गर्दै अखबारले लेखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस