प्रतितोला रु २०० ले घट्यो सुन ,चाँदीको मूल्य स्थिर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतितोला रु २०० ले घट्यो सुन ,चाँदीको मूल्य स्थिर


१७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९० हजार ८०० तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार १९० मा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतार चढावका आधारमा यहाँ दैनिक सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७३ डलर आसपास कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस