२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान

अ+ अ-

दार्चुला । दार्चुलामा बालविवाह न्यूनीकरण गर्नु ठिक कि बेठिक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् ।

मालिकार्जुन गाउँपालिकालाई विसं २०८० भित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुरूप अहिले बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना प्रदान गर्न मतदान भइरहेको हो ।

मालिकार्जुन गाउँपालिका–२, ३ र ७ मा मतदान कार्यक्रम गरिएको छ । सानै उमेरमा विवाह गर्नु राम्रो कि नराम्रो विषयमा मतदान गरिएको सामुदायिक ग्रामीण विकास समाज नेपालका सामाजिक सहजकर्ता वसन्ती धामीले बताइन् ।

गुड नेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग, मालिकार्जुन गाउँपालिकाको समन्वय र सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजनामा बालविवाह न्यूनीकरणका लागि मतदान भएको हो ।

मालिकार्जुन मावि मडमा भएको मतदान कार्यक्रममा २५५ जनाले मतदानमा सहभागिता जनाएका थिए । जसअनुसार बालविवाह गर्नु ठिक हो भन्ने पक्षमा २९ र विपक्षमा २२५ मत तथा बदर एक मत खसेको सहजकर्ता धामीले बताइन् ।

बुधबार मात्र मालिकार्जुन गाउँपालिका–२ र वडा नं ७ मा बालविवाह गर्नु ठिक कि बेठिक भनेर मतदान भएको थियो । मालिकार्जुन गाउँपालिकाले विसं २०७६ मा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति तयार गरे लागू गरेको छ ।

सोहीअनुसार गाउँपालिकामा अहिले गुड नेवर्सको सहयोगमा बालविवाह अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् ।

एक अध्ययनअनुसार मालिकार्जुन गाउँपालिकामा १४ देखि १५ वर्षको उमेर समूहमा बालविवाह गर्ने सात दशमलव १४ प्रतिशत, १६ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्ने २७ दशमलव ७८ प्रतिशत, १८ देखि १९ वर्ष उमेरमा विवाह गर्ने ६४ दशमलव २९ प्रतिशत रहेको छ ।

बालविवाहमा परेकामध्ये ५८ दशमलव ७८ प्रतिशत मागी विवाह, १५ दशमलव नौ प्रतिशत भागी विवाह र २५ दशमलव चार प्रतिशत प्रेम विवाह रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । बालविवाहका कारण विद्यार्थीको बिचैमा पढाइ छुट्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस