कक्षा १२ को नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी


१७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ।

कक्षा १२ को नतिजा सम्भवत आज नै सार्वजनिक गरिनेछ ।

बोर्डले आज (शुक्रबार) बिहान नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बैठक बोलाएको छ । नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो।

तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।

कोरोनाका कारण पटक पटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस