माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा


१७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन राजधानीको प्रज्ञा भवनमा हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा हिजो (बिहीबार) बसेको स्थायी समिति बैठकले सम्मेलनको उद्घाटन र बन्द सत्र प्रज्ञा भवनमा गर्ने निर्णय गरेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म आयोजना गरिने भएको छ । माओवादीले राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा आमसभा भने नगर्ने भएको छ ।

यस्तै यही मङ्सिर २५ गते हुने प्रदेश सम्मेलनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

सात भौगोलिक प्रदेश र उपत्यका विशेष प्रदेशको सम्मेलन यही मङ्सिर २५ गते हुँदै छ । माओवादीले यही मङ्सिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो ।

राष्ट्रिय सम्मेलनका विषयमा छलफल गर्न माओवादीको स्थायी समिति बैठक आज (शुक्रबार) बिहान ८ बजे पुनः बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस