राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषदको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो ।

राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस