पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना सङ्क्रमण ,६ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना सङ्क्रमण ,६ जनाको मृत्यु


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३१५ जना कोरोना सङ्क्रमित थपिएका छन् । ११ हजार ४०३ वटा नमुनाको परीक्षण गर्दा ३१५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ ।

त्यस्तै ,आज २०१ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस