नेप्से परिसूचक २६ सयमुनि झर्‍यो, सबै उपसमूह राताम्मे « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेप्से परिसूचक २६ सयमुनि झर्‍यो, सबै उपसमूह राताम्मे


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) ४९ अङ्क घटेसँगै परिसूचक २५८४ मा कायम भएको हो ।

यस दिन कारोबार रकम भने केही बढेको छ । हिजो २ अर्ब ७४ करोडको धितोपत्र कारोबार भएकोमा आज ३ अर्ब ४१ करोड कायम भएको छ । कुल १७७ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको मात्रै बढ्यो ।

सबै उपसमूह राताम्मे भएका छन् । बैङ्किङ १७, व्यापार ३६, होटल तथा पर्यटन ६२, विकास बैङ्क १८९, जलविद्युत ६६, फाइनान्स ९३, निर्जीवन बीमा २४५, उत्पादन १५३, अन्य ७५, माइक्रो फाइनान्स ८४ र जीवन बीमा २३० अङ्कले घटे ।

बजार राताम्मे हुँदा दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । सामलिङ पावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो ।

हालै सूचीकृत भएकाले यी कम्पनीको मूल्य केही दिनयता निरन्तर १० प्रतिशतले बढेको छ । सामलिङको मूल्य प्रतिकित्ता ५०७.५० तथा न्यादीको ४१३.१० रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस