६ करोड लगानीमा चलचित्र ‘रबर सिटी’ बन्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

६ करोड लगानीमा चलचित्र ‘रबर सिटी’ बन्ने


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ ।चलचित्र ‘रबर सिटी’ बन्ने भएको छ ।

निर्देशक विनोद पौडेलले दुई वर्षअघि बनाएकाे चलचित्र ‘बुलबुल’ले सर्वाधिक चर्चा पाएको थियो ।

यो चलचित्रलाई अविरल थापाले निर्माण गर्नेछन् ।चलचित्रमा उनीसँगै राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानीको पनि लगानी रहनेछ ।

चलचित्रको सम्पूर्ण छायाँकन अमेरिकामा नै हुनेछ । यो चलचित्रका लागि करिब ५ लाख डलर लगानी हुने निर्माता बताइएको छ । विनोदको नै कथा तथा पटकथा रहेको यो चलचित्रमा अंकित पौडेलको छायाँकन रहनेछ ।

यो चलचित्रका लागि निर्माणपक्षले हालसम्म कलाकार सुशांक मैनाली र राधा लम्साललाई फाइनल गरेको छ । बाँकी कलाकार पनि चाँडै तय गरिने निर्देशक पौडेलको भनाइ छ । अमेरिकाको ओहायो राज्यको एक्रोन शहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि शहर पुनः गुलजार बनेको थियो ।

‘रबर सिटी’ चलचित्रले भुटानी शरणार्थीको पुनर्वासपछिको कथालाई उठान गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस