संसद र सर्वोच्चको समस्या समाधानको उपाय खोज्छु: सापकोटा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसद र सर्वोच्चको समस्या समाधानको उपाय खोज्छु: सापकोटा


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

स्पेनबाट बिहीबार बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेका हुन् ।

स्पेनमा रहँदा पनि राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकारी राखेको बताउँदै उनले अब समस्या समाधानको उपाय खोज्ने बताए ।

सर्वोच्च र संसदको गतिरोधबारे सोधिएको प्रश्नमा उनले भने, ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकें, अब सोच्छु । सर्वदलीय बैठक, अरु बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु ।’

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस