२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलका महाधिवेशनले राष्ट्रिय एकतामा सहयोग गर्छ : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलका महाधिवेशनको मौसम चलेकाले तिनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले यसै हप्ता नेकपा (एमाले)को महाधिवेशन सम्पन्न भएको उल्लेख गर्दै आफ्नो दल नेपाली कांग्रेस पनि अर्को हप्ता १४ औँ महाधिवेशनका तयारीमा जुटेको बताए । सबै दलका महाधिवेशनले राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाउनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

उद्घाटन समारोहमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय एकताको आवश्यकता रहेको औँल्याए । मुख्य राजनीतिक दलबीच अन्तरविरोध एवं विवादका माझ पनि साझा मुद्दामा एकता कायम हुनुपर्नेमा उनले जोड दिए ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनता र देशलाई राजनीतिको केन्द्रबिन्दु बनाएर साझा विषयमा सबै दलबीच एकता कायम हुनुपर्ने बताए । राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका विषयमा मुख्य दलले एकता गरेर अघि बढ्न राप्रपाको महाधिवेशनले योगदान गर्ने विश्वास उनले व्यक्त गरे । राजनीतिक परिवर्तनको मूल कारण आन्तरिक शक्ति भएको उल्लेख गदै पूर्वप्रधानमन्त्री नेपालले यसमा कसैले भ्रम पालेको भए अन्त्य गर्न अनुरोध गरे ।

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थिरताका लागि मुख्य दलहरूका बीचमा साझा मुद्दा निर्माण गरिनुपर्नेमा जोड दिए । सबै दलले देशभन्दा ठूलो अरु हुन नसक्ने भावमा साझा मुद्दा निर्माणमा काम गर्नुपर्ने उनको विचार थियो ।

नेकपा (माले)का अध्यक्ष सिपी मैनालीले विसं २००७, २०४६ र २०६३ को परिवर्तन बाह्य शक्तिको प्रभावमा भएकाले राजनीतिक स्थिरता कायम हुन नसकेको दाबी गरे । सबै दलले देशभक्तिलाई समेटेर साझा मुद्दामा एकता कायम गर्नुपर्ने उनको भनाइ थियो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले राप्रपा नेता कमल थापा उपप्रधानमन्त्री हुँदा उनको संयोजकत्वमा रहेको सरकारी वार्ता टोलीसँग मधेश मुद्दाका विषयमा भएको पार्टीको सम्झौता कार्यान्वयन गराउने दिशामा महाधिवेशनले नीति बनाउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय जनमोर्चाका नेता लालबहादुर थापाले सङ्घीयता उपयुक्त छैन भनी अन्तरिम संविधानकालदेखि नै पार्टीले भन्दै आएको उल्लेख गर्दै प्रदेशको खर्च कटाएर स्थानीय तहलाई दिई अधिकार क्षेत्र बढाउने गरी राप्रपाले पनि प्रस्ताव पारित गर्न सुझाव दिए ।

जनता समाजवादीका नेता प्रकाश अधिकारीले विभेद अन्त्य नभई देशमा विकास नहुने भएकाले संविधान संशोधन हुनुपर्नेमा जोड दिए । संविधान संशोधनमार्फत सबैका मुद्दा समेटेर राष्ट्रिय एकता कायम गरिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस