नेप्से परिसूचक ५ अङ्कले बढ्यो, पौने ३ अर्बको कारोबार « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नेप्से परिसूचक ५ अङ्कले बढ्यो, पौने ३ अर्बको कारोबार


१५ मंसिर २०७८, बुधबार


काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से ५।२८ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिसँगै परिसूचक २६३३ अङ्कमा पुगेको छ ।

आज कारोबार रकममा भने कमी आएको छ । २ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि हिजो (मंगलबार) ३ अर्ब ८ करोडको कारोबार भएको थियो ।

बैङ्किङ १, व्यापार ११, विकास बैङ्क ७, जलविद्युत ७, फाइनान्स ६, उत्पादन ५४ र अन्य उपसमूह १९ अङ्कले बढे ।

होटल तथा पर्यटन १७, निर्जीवन बीमा २२, माइक्रो फाइनान्स ५ र जीवन बीमा उपसमूह ४ अङ्कले घटे । कुल ९१ कम्पनीको मूल्य बढेको छ भने ८७ कम्पनीको घट्यो । १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।

दुई कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । सामलिङ पावर, न्यादी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशतले बढ्यो । हालै सूचीकृत यी कम्पनीको मूल्य क्रमश स् प्रतिकित्ता ४६१.४० र ३७५.६० रुपैयाँ पुगेको छ । कर्पोरेट डेभलपमेन्ट बैङ्कको मूल्य ९.३ प्रतिशतले बढ्यो ।

त्यस्तै आइसिएफसी फाइनान्सको मूल्य ५.६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । सो कम्पनीको १४ करोड ५३ लाख रुपैयाँको कारोबार भयो । बजारको पुँजीकरण ३७ खर्ब २ अर्ब रुपैयाँ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस