नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथग्रहण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथग्रहण


१५ मंसिर २०७८, बुधबार


कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले विष्टलाई मङ्गलबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नै मन्त्रीमा नियुक्त गरेका थिए ।

विष्टलाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् तीन सदस्यीय बनेको छ । मन्त्री विष्टले मङ्गलबार नै पदबहाली गरेका छन् ।

सत्ता गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी को संयुक्त बैठकले विष्टलाई मन्त्रीमा सिफारिस गरेको थियो । उनी नेकपा माओवादी केन्द्र प्रदेशसभा सदस्य हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस