स्विडेनकी प्रथम महिला प्रधानमन्त्री एक सातामा दोस्रो पटक निर्वाचित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्विडेनकी प्रथम महिला प्रधानमन्त्री एक सातामा दोस्रो पटक निर्वाचित


१४ मंसिर २०७८, मंगलबार


स्टकहोम । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् ।

गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी अन्डेर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।

अघिल्लो पटक स्विडेनको संसद्ले उनलाई प्रधानमन्त्री बनाएको थियो । तर उनलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उनले एक दिनमै राजीनामा दिनु परेको थियो ।

समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उनको बजेट संसदबाट पारित नहुने भएपछि उनले राजीनामा दिएकी थिइन् ।

त्यसअघि अर्थमन्त्री रहेकी अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत रहेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस