एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेको दसौँ महाधिवेशनबाट उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

आज (मंगलबार) दिउँसो सार्वजनिक भएको मत परिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएका हुन्।

उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहेका छन् ।

शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन् । विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस