काँग्रेस उदयपुरको सभापतिमा कार्की विजयी « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

काँग्रेस उदयपुरको सभापतिमा कार्की विजयी


१४ मंसिर २०७८, मंगलबार


उदयपुर । नेपाली काँग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन् ।

दुई सदस्यबाहेक अरू सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ । कार्कीले ६७६ तथा उनका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गरे ।

नवनिर्वाचित जिल्ला सभापति कार्की निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य तथा प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत छन् ।

यस्तै उपसभापतिमा भीमचन्द्र राई, सचिवमा मुरारी खड्का र राजेशचन्द्र श्रेष्ठ तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी निर्वाचित भएका छन् ।

सदस्यमा कूल ३८ सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसअघि निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा खगेन्द्रकुमार राई र क्षेत्र नं २ को सभापतिमा रामकुमार राई विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस