हिमपातको सम्भावना कुन-कुन स्थानमा छ ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

हिमपातको सम्भावना कुन-कुन स्थानमा छ ?


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले देशभर चिसो बढ्ने क्रम समेत रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही कारण हाल देशभर आंशिक बदली रहेको छ ।

यसै गरी महाशाखाका अनुसार मङ्गलवार दिउँसो पनि देशभर आंशिक बदली रहने छ। यस्तै, राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ ।

सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमान उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस