१० सचिवको सरुवा,हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१० सचिवको सरुवा,हेर्नुहोस् को कहाँ ?


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । सरकारले १० जना सचिवको सरुवा गरेको छ । 

प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ भने सामान्य प्रशासनमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारी आएका छन् । 

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको शिक्षा मन्त्रालयमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपाने पर्यटनमा पठाइएका छन् । सहरी मन्त्रालयका विवादित सचिव रमेश सिंहलाई अतिरिक्त(जगेडा)मा राखेर ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा ल्याइएको छ । प्राविधिक क्षेत्रको राम्रो अनुभव सम्हालेका सचिव गेलाल पनि काम गर्ने सचिवका रुपमा चिनिन्छन् ।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा विज्ञान तथा प्रविधि(शिक्षा) सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा पठाइएको छ । 

निर्णायक क्षमतामा अब्बल र प्रष्ट स्वभावका सामान्य सचिव अर्यालले पछिल्लो समय मन्त्रालयको नीतिगत विषयमा उल्लेख्य सुधार गर्दै प्रशासनलाई सिष्टमेटिक बनाउने प्रयास गरेका छन् । यस्तै निर्वाचनबाट सरुवा भएका भद्र र शालीन स्वभावका अधिकारीसँग यसअघि पनि सामान्य प्रशासनको राम्रो अनुभव छ । यसैगरी पर्यटनबाट शिक्षामा सरुवा भएका हक्की स्वभावका कोइराला निजामती प्रशासनमा इमानदार र खरो प्रशासकका रूपमा चिनिन्छन् । 

यी तीनै जना गृहका क्याडर हुन् ।

सरुवा भएका सचिवहरुले भोली मात्रै सरुवा पत्र बुझ्ने छन् । त्यसको एक दुई दिनपछि मन्त्रालयमा हाजिर गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस