नेपाल प्रहरीका पाँच एसएसपीको सरुवा, सात एसएसपी र एसपीको पदस्थापन (सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरीका पाँच एसएसपीको सरुवा, सात एसएसपी र एसपीको पदस्थापन (सूचीसहित)


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ भने सात जना एसएसपी र सात जना प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न निकायमा कार्यरत एसएसपीको सरुवा भएको हो भने भर्खरै एसपीबाट एसएसपीमा बढुवा भएका र डिएसपीबाट एसपीमा बढुवा भएकाको पदस्थापन भएको हो ।

जसमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत एसएसपी अर्जुनचन्द्र ठकुरीको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा, प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग वृत्ति विकास महाशाखामा कार्यरत यज्ञ विनोद पोखरेलको महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत किरण बज्राचार्यको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ ।

यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय अपराज नियन्त्रण तथा अनुसन्धान महाशाखामा कार्यरत एसएसपी मोहनप्रसाद पोख्रेलको बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली र दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा शान्ति सुरक्षा महाशाखामा कार्यरत दिपक थापाको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग वृत्ति विकास महाशाखामा सरुवा भएको हो ।

उनीहरूको यस अघि नै सरुवा भएको विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भए पनि प्रहरी प्रधान कार्यालयले सूची भने भर्खरै मात्र सार्वजनिक गरेको हो ।

यस्तै बढुवापछि पदस्थापन हुने एसएसपीको सूची यस प्रकार छ ।

त्यसै गरी बढुवापछि पदस्थापन हुने एसपीको सूची यस प्रकार छ ।

Tags :
प्रतिक्रिया दिनुहोस