Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

लालबाबु पण्डितद्वारा केन्द्रीय कमिटीमा नबस्ने घोषणा


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेकपा एमाले नेता लालबाबु पण्डितले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन् ।

एमालेको १० औँ महाधिवेशनमा पदाधिकारीका आकाङ्क्षीसमेत रहेका नेता पण्डितलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्यमा प्रस्ताव गरेका थिए ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पण्डितलाई प्रस्ताव गरेपछि अस्वीकार गर्दै सामाजिक सञ्जालमा सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको लेखेका छन् ।

मैले यसअघि पनि पदाधिकारीमा प्रतिस्पर्धा गर्छु भनेको थिएँ । पदाधिकारी भइनँ भने त्याग गर्छु भनेको थिएँ । मैले नोमिनेसन दर्ता गराइनँ ,
नेता पण्डितले भने ।

पदाधिकारीमा ठाउँ नदिएपछि उनले केन्द्रीय सदस्य पनि अस्वीकार गरेको बताएका छन् ।

उनी महाधिवेशन नसकिँदै चितवनबाट काठमाडौँ फर्किसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस