झापामा बस दुर्घटनामा परी एक जनाको मृत्यु, २३ घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

झापामा बस दुर्घटनामा परी एक जनाको मृत्यु, २३ घाइते


१२ मंसिर २०७८, आइतबार


झापा । झापामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका ८ स्थिति बिरिङ पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते पुरुषको उपचारको क्रममा बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको झापा प्रहरी प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

घाइतेको झापाकै विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस