कास्की काँग्रेस सभापतिमा बराल विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कास्की काँग्रेस सभापतिमा बराल विजयी


१२ मंसिर २०७८, आइतबार


पोखरा । नेपाली काँग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् ।

शनिवार (हिजो)भएको दोस्रो चरणको मतदानको गणनामा उनले प्रत्याशी सुदिपमोहन भट्टराईलाई ८० मतान्तरले पराजित गरेर विजय प्राप्त गरेका हुन् । भट्टराई निवर्तमान जिल्ला सचिवसमेत हुन् ।

शुक्रवार सभापतिका ५ जना प्रत्याशी मध्ये बराल पहिलो र भट्टराई दोस्रो भएका थिए । पहिलो चरणमा ५० प्रतिशत मत कसैले पनि कटाउन नसकेका कारण शनिवार पुन मतदान भएको थियो । उक्त मतदानमा बरालले ९९५ मत प्राप्त गरे भने भट्टराईले ९१५ मत ल्याए ।

शनिवार कुल २०८८ मध्ये १९२६ मत मात्र खसेको थियो । सभापतिमा निर्वाचित बराल देउवा समूहका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस