आज देशका पहाडी भू–भागहरूमा आंशिक बदली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज देशका पहाडी भू–भागहरूमा आंशिक बदली


१२ मंसिर २०७८, आइतबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
महाशाखाका अनुसार नेपालको पूर्वी भू–भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

देशका पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार पनि प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै मङ्गलवार देशका अधिकांश भूभागहरूमा आंशिक बदली रहने । गण्डकी प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस