राज्य संयन्त्रको अनुचित प्रयोग गरि स्वतन्त्र न्यायालयको दुरुपयोग भयो : अध्यक्ष ओली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राज्य संयन्त्रको अनुचित प्रयोग गरि स्वतन्त्र न्यायालयको दुरुपयोग भयो : अध्यक्ष ओली


११ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् । एमालेको १० औं महाधिवेशनको बन्दसत्रलाई आज (शनिबार) सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले राज्य संयन्त्रको अनुचित प्रयोग भइरहेको भन्दै स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए ।

यस्तो अवस्थामा नेकपा एमाले गम्भीर भएर बन्द सत्रमा भेला भएको उनको भनाइ छ । ओलीले १०औँ महाधिवेशनबाट राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् । उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यवाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वसनीय र भरपर्दो पार्टीका रूपमा दिएको शुभकामनालाई पूरा गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस