दाङमा काँग्रेस सभापतिकाे लागि चार जनाले गराए नाम दर्ता « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

दाङमा काँग्रेस सभापतिकाे लागि चार जनाले गराए नाम दर्ता


११ मंसिर २०७८, शनिबार


दाङ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रवार चार जनाले नाम दर्ता गराएका छन् ।

संस्थापन पक्षबाट तीन र संस्थापन इतरबाट एक गरी चार जनाले जिल्ला नेतृत्वको लागि नाम दर्ता गराएका हुन्।

निर्वाचन समितिका अनुसार क्षेत्र नं. १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं. २ बाट कमल किशोर घिमिरे र भूपबहादुर डाँगीले नाम दर्ता गराएका हुन् । उनीहरू तीनै जना संस्थापन पक्षका हुन् ।

त्यस्तै संस्थापन इतरबाट दाङको क्षेत्र नं. ३ का शंकर डाँगीले मात्रै मनोनयन दर्ता गराएका छन् । उनी हालका जिल्ला सचिव छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस