सभामुख सापकोटामाथि अनुसन्धान गर्न स्पेन सरकारलाई नेपाली अधिकारवादी संस्थाद्वारा पत्राचार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभामुख सापकोटामाथि अनुसन्धान गर्न स्पेन सरकारलाई नेपाली अधिकारवादी संस्थाद्वारा पत्राचार


१० मंसिर २०७८, शुक्रबार


काठमाडौँ । नेपाली अधिकारवादी संस्थाहरुले द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनामा प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अनुसन्धान सुरु गर्न आग्रह गर्दै स्पेन सरकारलाई पत्राचार गरेका छन् ।

दशक लामो माओवादी सशस्त्र द्वन्द्वमा सापकोटाले मानवअधिकार उल्लङ्घन गरेको उल्लेख गर्दै ती संस्थाले विश्वव्यापी न्यायिक क्षेत्राधिकारभित्र रहेर सापकोटाविरुद्ध खुला अनुसन्धान गर्न आग्रह गरेका हुन् ।

नेपालका २४ वटा अधिकारवादी संस्थाहरु र द्वन्द्व पीडितहरुको छाता संस्था अकाउन्टिब्लटी वाच ग्रुपले सन् २००५ मा भएको काभ्रेका अर्जुन लामाको हत्याको घटनामा सापकोटाको संलग्नता रहेको हुनसक्ने दाबी गर्दै छानबिन गर्न आग्रह गरेको हो ।

सभामुख सापकोटा अहिले अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १४३ औँ सम्मेलनमा भाग लिन अहिले मड्रिड भ्रमणमा छन् । उक्त संस्था संसारका १७९ वटा संसदीय समूहको साझा संस्था समेत हो ।

आइपीयू अध्यक्ष डर्टे पाचेको, स्पेनी विदेशमन्त्री जोसे म्यानुअल अल्बारेस बुएनो, नयाँ दिल्ली र काठमाडौँका लागि स्पेनी राजदूत जोसे मारिया रियाडो डोमिनगुएजलाई सम्बोधन गरिएको पत्रमा आइपीयू र स्पेन सरकारलाई तत्काल छानबिन गर्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस