ग्लोबल आइएमई बैंकको एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ग्लोबल आइएमई बैंकको एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क


९ मंसिर २०७८, बिहिबार


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ ।

डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल यो नयाँ पहल भएको बैंकले जनाएको छ ।

नेपाल टेलिकमको सिम भएका ग्राहकहरूलाई मात्र उपलब्ध हुने यो सुविधा ग्राहकहरूलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्‍याउने उद्देश्यसाथ थालिएको बैंकको दाबी छ । यो सुविधा प्रदान गर्न बैंक लिमिटेड र नेपाल टेलिकमबिच समझदारी पत्रमा मङ्गलवार हस्ताक्षर भइसकेको छ ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडको बजार तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता सिवाकोटी र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत सङ्गीता पहाडीले हस्ताक्षर गरेका हुन् । देशभर ग्लोबल आइएमई बैंकका ७६ जिल्लामा २८७ शाखा, २५२ एटिएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस