आज सर्वोच्चदेखि बालुवाटारसम्म नेपाल बारले मार्चपास गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज सर्वोच्चदेखि बालुवाटारसम्म नेपाल बारले मार्चपास गर्ने


९ मंसिर २०७८, बिहिबार


काठमाडौँ । नेपाल बार एशोसिएसनले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने बारले जनाएको छ । नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मी, साथीहरूले संयुक्त रूपमा मार्चपासमा गर्ने बताइएको छ ।

प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको आरोपमा अब बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको हो ।
जनताको तर्फबाट सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च गर्ने प्रस्ताव आइरहेको बारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस