आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo १३ मंसिर २०७८, सोमबार
   

आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना


९ मंसिर २०७८, बिहिबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन तर आज बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

यसै गरी, आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एकरदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एकरदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस